२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

२३ लाख बढीको जाँड रक्सी, चुरोट र लागूऔषध बरामद

बोर्डर आउट पोष्ट (विपीओ) जयसपुर बाँकेअन्तर्गतको सशस्त्र प्रहरी बलको मोबाइल टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको लाखौं मूल्यको गैरकानुनी जाड रक्सी चुरोट र लागूऔषध छुटाउने औषधि बरामद गरेको छ । 

सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले नेपालगन्ज–१८, लगदहवाबाट गाडीमा लुकाएर ल्याइँदै गरेको उक्त औषधि बरामद भएको हो ।

बरामद सामानमा बीएन–एएलसीओ ड्रप्स् नामक जाडरक्सी, चुरोट र लागुऔषध छुटाउने औषधि एक हजार चार सय ५८ पिस बरामद भएको सशस्त्र प्रहरी निरीक्षक पुनले जनाए । प्रारम्भिक मूल्यांकनअनुसार बरामद औषधिको अनुमानित मूल्य २३ लाख तीन हजार ६ सय ४० पुगेको छ । टोलीले उक्त सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।

‘हाम्रा टोलीहरूले सीमा क्षेत्रमा सतर्कता अपनाइरहेका छन् र यस किसिमका गतिविधि रोक्न निरन्तर निगरानी गर्दैछौं,’ प्रहरी निरीक्षक पुनले भने । विशेषज्ञहरूका अनुसार, भारत–नेपाल सीमामा हुने अवैध मदिरा, चुरोट र लागूऔषधको कारोबारले स्वास्थ्य र सामाजिक सुरक्षामा नकारात्मक प्रभाव पार्दै आएको छ । 

यस प्रकारका बरामद घटनाले प्रहरीको सक्रियता र सीमा सुरक्षा प्रयासको महत्त्व देखाउँछ । सशस्त्र प्रहरी बलले यस किसिमका घटनाहरूलाई नियन्त्रणमा राख्न मोबाइल टोली, गस्ती र सीमा निगरानी प्रविधिको प्रयोग गरिरहेको छ ।

प्रकाशित: १२ भाद्र २०८२ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App