२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

रौतहटका दश हजारबढी कर्मचारीले दशैंमा तलव पाएनन्

रौतहटमा करिब दस हजार भन्दा बढी कर्मचारीहरुले दशैंको मुखमा तलव पाउन सकेको छैन।

जिल्लाको १३ नगरपालिका र एक गाउँपालिका गरि १४ वटा स्थानीयको खाता कोष तथा लेखा नियन्त्रकको कार्यालय रौतहटले सन्चालन नगरेको कारण हजारौं कर्मचारीहरु दशैमा तलव पाउनबाट बञ्चित भएका छन्।

चाडपर्वको समयमा १५ दिन अगावै कर्मचारीको तलव र दशैं खर्च दिनुपर्ने प्रावधान भएपनि रौतहटमा केही सुरसार देखिएको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको दोस्रो साता देशभरिका स्थानीय तहमा १७२ जना उपसचिवको सरुवा गरेका थिए।

सोही क्रममा रौतहटको १४ वटा स्थानीय तहमा सरुवा भएको उपसचिवहरु अहिले सम्म हाजिर हुन नसकेको कारण कोषलेखा रौतहटले निमित्त रहेका प्रमुख बाट खाता सन्चान नगरिने अडान लिएपछि समस्या भएको हो।

जिल्लाको दुई गाउँपालिका र १६ नगरपालिकामध्ये एक गाउँपालिका र तीन नगरपालिकामा मन्त्रालयले खटाएको दरवन्दी अनुसारको प्रमुख प्रसासकीय हाजिर भएपछि खाता सन्चालनमा आएका छन्।

तर वृन्दावन, गौर, गढिमाई, माधवनारायण, राजदेवी, राजपुर, मौलापुर, बौधीमाई, देवाही गोनाही, इशनाथ, फतुवा विजयपुर, गुजरा, परोहा नगरपालिका र यमुनामाइ गाउँपालिकाका कार्यरत करिब दस हजार बढी कर्मचारीहरुले दशैमा तलब पाउनबाट बन्चित भएको कोषलेखा रौतहटले जनाएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको दोस्रो साता जिल्लाको हरेक स्थानीय तहमा उपसचिव खटाएको थियो । भदौको अन्तिम समय जेन-जी आन्दोलनका कारण मन्त्रालयले खटाएको उपसचिव दरवन्दीमा हाजिर नहुँदा निमित्तबाट सन्चालनमा रहेको खाता रोका गरि उपसचिवको बाटो कुर्दै गरेको कारण जिल्लाभर यस्तो समस्या देखा परेको देखिन्छ ।

गढिमाई नगरपालिकाको ४ नम्बर वडामा रहेको माध्यमिक विद्यालय संग्रामपुरमा डढेलधुरा घर भएका प्रावि शिक्षक मीनबहादुर देउवा र उनको श्रीमती शिक्षिकाको रुपमा कार्यरत छन्। असोज ५ गतेदेखि सरकारी विद्यालय बन्द भएर घर जान झोला ठिक पारेर राखेपनि तलब र दशैं खर्च पाउन नसकेको कारण साह्रै विजोग भएको मेयर श्याम यादवले गुनासो गरे। उनीसंगै नगरपालिकाको २० वटा विद्यालयका शिक्षक कर्मचारीले तलब पाउन नसकेको मेयर यादवको भनाइ छ ।

“यहाँबाट तीन दिन घर जान लाग्छ, घर जान भाडा पनि छैन, घरमा दशैं मनाउन दिनभरीमा घरीघरी फोन आइरहेको छ, तलव नपाएमा कसरी जाने शिक्षक देउवाले दुखेसो पोख्छन ।”

गढिमाई नगरपालिकाको नगरप्रमुख यादव कलेनिका कार्यालय गौरमा पुगेर पटक पटक खाता फुकुवा गर्न अनुरोध गरेको बताए। कोषका कर्मचारीहरुले जिल्लाबाट खाता रोक्का नभई माथिल्लो निकायबाट नै खाता संचालनमा रोक लगाएको मेयर यादवले बताए।

रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमले पर्वको समयमा निमित्तबाट खाता संचालन गर्न खोजिँदा विभिन्न बाधा व्यवधान उत्पन्नको कारण यस्तो समस्या आएको प्रतिक्रिया दिए। आफूलाई सुदूरपश्चिम घर भएका यहाँ कार्यरत कर्मचारीहरु दिनदिनै फोन गरेर तलवको लागि गुनासो आउने गरेको उनले बताए। कोषलेखा रौतहटले उपसचिव हाजिर नहुन्जेल बन्द रहेको खाता अहिले कै निमित्त संग सञ्चालन गर्न र दशैंको समस्या समाधान गर्न महालेखा नियन्त्रण हुदै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको बताउदै भोलि बुधबारसम्म समस्या समाधान हुने प्रमुख गौतमले आश्वासन  दिए।

प्रकाशित: ७ आश्विन २०८२ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App