१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

काठमाडौं अदालतमा ६ सेवामात्र

फाइल तस्बिर

जेन-जी प्रदर्शनका कारण क्षतिग्रस्त बनेको काठमाडौं जिल्ला अदालतले आंशिक सेवामात्र प्रदान गर्ने जनाएको छ । 

प्रदर्शनपछि भएको हिंसात्मक तोडफोडमा अदालतको भौतिक संरचना अधिकांश क्षतिग्रस्त बनेको छ भने आगजनीका कारण कागजपत्रहरु जलेका छन् ।  

अदालतले सोमबार सूचना निकाल्दै विभिन्न ६ वटा सेवा मात्रै दिइएको उल्लेख गरेको छ । म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृती, पक्राउ पूर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन र अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरुको वयान र थुनछेकसम्बन्धी सेवा मात्रै दिने अदालतको सूचनामा उल्लेख छ ।

प्रकाशित: ३० भाद्र २०८२ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App