१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

हावाहुरीसहित आएको वर्षाका क्रममा परेको चट्याङले मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

जिल्लाको बागमती गाउँपालिका–१ भैसेस्थित बागमती खोलाको बगरमा बुधबार साँझ करिब ६:३० बजे माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा स्थानीय अन्दाजी ३२ वर्षीय अजय पहरी र ३७ वर्षीय उज्वल थोकर घाइते भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते उज्वल थोकरलाई उपचारका लागि हेटौंडा लगिएको छ। उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते अजय पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिकमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेटौंडा पठाइए पनि राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १८ चैत्र २०८२ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App