श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले भदौ २४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउनेलाई पनि कारबाही हुनु पर्ने भनाइ राखेका छन्।
डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र हिम्स्रक बनाउनेहरूलाई कारबाही हुनुपर्ने उनले बताए।
'डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने हिम्स्रक बनाउने र २४ गते सिंहदरबार, संसद भवन र सर्बोच्च अदालत योजनाबद्ध जलाउनेलाई पनि कारवाही हुनु पर्छ!' उनले सामाजिक सञ्जालमा लेखे।
प्रकाशित: १८ चैत्र २०८२ ०९:१० बुधबार





