६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सर्लाहीको बलरा नगरपालिका-१० सुदामामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ।

सुदामा ब्यारेजमा मप्र ०३-०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका-१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले बताए।

स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो।

रामनगर-५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट बुधबार साँझ यादव गाउँपालिकाकै मोटरसाइकल चढेर घरतर्फ फर्किँदा दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: १० पुस २०८२ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App