२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

कुलदेवताको पूजा गर्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाड निवासी करिब ५५ वर्षीय लोकबहादुर सुनार रहेका छन्।

प्रहरीका अनुसार आइतबार अपराह्नतिर कुलदेवताको पूजा गर्न परिवारसहित अछामको तुर्माखाँद गाउँपालिका–४ जुएतर्फ पैदल जाँदै गरेका बेला उनी चिप्लिएर करिब ३०० मिटर तल भिरमा खसेका थिए। भिरबाट लडेपछि सल्लाको मुडामा अड्किएका उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाको समयमा मृतकसँग उनकी श्रीमती धौली सुनार, छोरा कमल सुनार र बुहारी टिकुला सुनार पनि सँगै रहेका थिए। उनीहरू भने सकुशल रहेका छन्।

स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी डाँडाछाप्रे तथा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०८३ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App