२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

माछा मार्न जाल हान्ने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु

रुकुम पश्चिमको सानीभेरी नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता भएका ३४ वर्षीय देव वली चार दिनपछि मृत फेला परेको छ।

बाँफिकोट गाउपालिका-१० निवासी वलीको शव मंगलबार सानीभेरी नदी किनारमा फेला परेको हो। गत साउन २२ गते मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा जाल हाली माछा मार्ने क्रममा वलीलाई नदीले बगाएको थियो।

नदीले बगाएपछि निरन्तर खोजी भइरहेकोमा सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदीकै किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ २०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App