२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

रुकुम पश्चिममा काठले लियाे ज्यान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -११ मा काठले च्यापिएर आज एकजनाको मृत्यु भएको छ।

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो।

काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले बताए। 

प्रकाशित: २९ फाल्गुन २०८२ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App