मेची राजमार्गअन्तर्गत इलामको सूर्याेदय नगरपालिका–७, कन्याममा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
झापा बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रक जुधेर दुर्घटना हुँदा ५० वर्षे मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरी बिर्तामोड-५ का चालक ३१ वर्षे तिङ्कु साहुले चलाइरहेको मोटरसाइकलको पछाडि सवार थिए।
दुर्घटनामा ट्रकको पछाडिको चक्काले किचेपछि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए। घाइते साहु फिक्कल अस्पतालमा उपचाररत छन् भने ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपाकिलाका ७ का ३० वर्षे हरिनारायण सुवेदी प्रहरीको नियन्त्रणमा छन्।
प्रकाशित: ११ फाल्गुन २०८२ १४:१४ सोमबार





