२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ओखलढुङ्गामा करेन्ट लागेर एकको मृत्यु

चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बसेका थिए। सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युतकाे एमसिबी चलाउने क्रममा उनको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८२ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App