बाघले आक्रमण गर्दा एकजना घाइते भएका छ्न्। सान्नीत्रिवेणी गाउँपालिका-४ का नेत्रराज शाहीलाई आज बिहान ७ बजे बाघकाे आक्रमणमा परी घाइते भएका हुन्।
बिहान घरमा पालेको बङ्गुर लिएर चराउन जाँदै गरेका शाहीलाई शान्तिघाट राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो।
घाइते शाहीकाे रास्काेट अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: २७ जेष्ठ २०८३ ०९:२४ बुधबार





