कास्कीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–२७ तालचोकस्थित प्रबिन मोटरसाइकल वर्कशपमा काम गर्ने बारा घर भएका ३१ वर्षीय आनन्द कुमार दासको करेन्ट लागेर ज्यान गएको हो।
प्रहरीका अनुसार वर्कशप सफा गर्ने क्रममा दासलाई अचानक विद्युतको झट्का लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतक दास लामो समयदेखि सोही वर्कशपमा काम गर्दै आएका थिए।
कार्यस्थलमा सरसफाइ गर्ने क्रममा विद्युतीय सट भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई परीक्षणका लागि राखेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रकाशित: ३ जेष्ठ २०८३ १९:३१ आइतबार


-600x400.jpg)


