१४ वैशाख २०८३ सोमबार
image/svg+xml
समाज

जंगली बँदेलको आक्रमणबाट एकको मृत्यु

फाइल तस्बिर

सर्लाहीमा जंगली बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ।

सर्लाही लालबन्दी नगरपालिका १५ पिडखोल्सी निवासी ३२ वर्षीय प्रेम बहादुर थिङ(दावा) को जंगली बँदेलको आक्रमणमा परि ज्यान गएको हो।

मकै बारीमा क्षति पुर्‍याउँदै आएको बँदेललाई पछ्याउँदै जाँदा एक्कासि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए।

बँदेलको आक्रमणमा परि गम्भीर घाइते भएका थिङको उपचारका लागी लालबन्दी तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङगवामा राखिएको छ। पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८३ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App