१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

दूतावास र आइएनजिओको अनुदानमा ‘बजेटरी प्रणाली’ लागू गर्न गोकुल बास्कोटाको सुझाव

फाइल तस्बिर

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक अनुदान र बजेटरी प्रणालीबारे सुझाव दिएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सरकारी स्वीकृतिबिना विभिन्न दूतावास र गैरसरकारी संस्थामार्फत आउने अनुदान रोक्न सरकारलाई सुझाव दिएका हुन्।

पूर्वमन्त्री समेत रहेका उनले लेखेका छन्, ‘सरकारी स्वीकृतिबिना विभिन्न दूतावास र आइएनजिओ मार्फत सोझै स्थानीय तह, प्रदेश र एनजिओलाई अनुदान दिन रोकेर बजेटरी प्रणालीमा ल्यायो भने म धन्यवाद दिन्छु।’

उनले थपेका छन्, ‘प्रम बालेनमा त्यो डोजर चलाउने सामर्थ्य होला? स्कुल कलेजका सामुदायिक संगठन खारेज गर्ने, तर हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन।’

प्रकाशित: १४ वैशाख २०८३ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App