९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

ओलीले बुबा मोहनप्रसादको ११ औँ दिनको कर्म गरे

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले बुबा मोहनप्रसादको अशौच बारेर बसेका छन् । ओलीले बुबा गुमाएको आज ११ औँ दिन पुगेको छ ।  

ओली परिवारले आज १३ औँ दिनको कर्म गरेको छ । हिन्दू संस्कार अनुसार भएको काजकिरियामा ११ दिनमा उत्तम षोड्सी, मध्यम षोड्सी श्राद्ध, घडा पूजा र वृषोत्सर्गको कर्म गरिन्छ ।  

यो दिन उत्तम षोड्सी र मध्यम षोड्सी दुई श्राद्ध हुन्छ । जहाँ १६/१६ ऋषि थापी पिण्ड दान, सिदादान गरिन्छ ।  

त्यस्तै अर्को कर्म घडा पूजा हो ।  ३६५ घडाको पूजा गरिन्छ । काजकरियाको समय मलमास भएको खण्डमा थप ३० घडा थपेर पूजा गरिन्छ । घडा नभएको स्थानमा दूनाबाट पनि यो कर्म पूरा गरिन्छ ।  

त्यस्तै ११ दिनमा गरिने अर्को कर्म वृषोत्‍सर्ग हो । वृषोत्सर्ग गर्दा एउटा साढे छोड्ने वा दान गर्ने गरिन्छ ।

प्रकाशित: ९ चैत्र २०८२ १७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App