२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अब सुकेटारमा बुधबार पनि उडान हुने, सातामा तीन उडान

ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा अब सातामा तीन उडान हुने भएका छन्। नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार निगमले साताको बुधबार पनि उडान गर्ने गरी कार्यतालिका पठाएको छ।

यसअघि सुकेटार विमानस्थलमा साताको सोमबार र शुक्रबार मात्र काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान हुँदै आएको थियो। नयाँ कार्यतालिका अनुसार अर्को सातादेखि सुकेटार विमानस्थलमा सोमबार, बुधबार र शुक्रबार उडान हुने छ।

निगमको केन्द्रीय कार्यालयले जनवरी महिनाभरिका लागि सुकेटार विमानस्थलमा साताको तीन उडान हुने गरी बुधबार समेत उडान कार्यतालिका राखेको कार्कीले जानकारी दिए। अहिले काठमाडौं–ताप्लेजुङ यात्राका लागि निगमले ९ हजार ४ सय ३ रुपैयाँ भाडादर निर्धारण गरेको छ।

प्रकाशित: १७ पुस २०८२ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App