७ असार २०८३ आइतबार
image/svg+xml
समाज

क्रियाशील दलित पत्रकार संघ नेपालमा नयाँ नेतृत्व

क्रियाशील दलित पत्रकार सङ्घ नेपालको दोस्रो अधिवेशनले प्रकाश धौलाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  

शनिबार सम्पन्न अधिवेशनबाट सङ्घको उपाध्यक्षमा केशव भुल (अछाम), उपाध्यक्षमा विश्वास खड्काथोकी (बाग्लुङ) र महासचिवमा विष्णु परियार (अछाम) चयन भएका छन्।  

त्यस्तै, सचिवमा जसिन्द्र श्रीपाइली (बाग्लुङ) र सम्झना बिक (नुवाकोट) निर्वाचित भएका छन् भने सुविन विश्वकर्मा (सुनसरी)ले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।  

दलित समुदायका पत्रकारलाई गोलबद्ध गर्दै व्यावसायिक हकहित र समावेशी सञ्चारमाध्यमका लागि वकालत गर्दै आएको सङ्घको नयाँ कार्यसमितिमा विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्ने गरी  समिति चयन गरेको  हो ।  

केन्द्रीय सदस्यमा अजिरसिंह बिक (दैलेख), सरिसा आछामी (काभ्रेपलाञ्चोक), शिवराज परियार (रामेछाप), सरस्वती सुनार (बर्दिया), राजेश भुल (कञ्चनपुर), कमल विक (रुपन्देही), सागर परियार (कैलाली), अन्जु सुनार (स्याङ्जा),  उमेश विश्वकर्मा (खोटाङ), लीलामाया ठटाल (सोलुखुम्बु), लवण श्रीपाली (बाग्लुङ) र प्रकाश बिसी (डडेलधुरा) निर्वाचित भएका छन्।  

०७६ सालमा स्थापना भएको संस्थामा पवित्रा सुनार संस्थापक अध्यक्ष थिइन्। अधिवेशनको उद्घाटन राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले गरेका थिए। अधिवेशनमा नेपाली कांग्रेस राष्ट्रिय सभाका सचेतक पदम परियार, नेकपा प्रतिनिधि सभा सचेतक पार्वती विक, एमालेबाट राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेल, नेकपाबाट प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद बागचन्द, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डाक्टर कुन्दन अर्याल, वरिष्ठ पत्रकार हिरा विश्वकर्मा र बाबुराम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए।  

सो अवसरमा संघले स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणपरान्त सम्मान गरेको छ। पत्रकार विश्वकर्माको कोभिड-१९ सङ्क्रमणको बेला आर्थिक अभावकै कारण ज्यान गुमेको थियो ।

 

प्रकाशित: ६ असार २०८३ २१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App