२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

स्वयम्भूबाट ६९ लाख बढी रकमसहित चिनियाँ नागरिक-नेपाली युवती पक्राउ

प्रहरीले स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीले ३८ वर्षीय चिनियाँ नागरिक जियाओ यांग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको बताए।

‘स्रोत नखुलेको रकमसहित एक चिनियाँ र एक नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ।’ पक्राउ परेकाहरूको भाडाको कोठाबाट प्रहरीले सुनका गहना पनि बरामद गरेको छ। रासस

प्रकाशित: ७ कार्तिक २०८२ १९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App