पहिरोका कारण गत मंगलबार देखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड तीन दिनपछि सञ्चालनमा आएको छ।
इच्छाकामना गाउँपालिकास्थित तुइन खोला नजिकै खसेको ठूलो पहिरो पन्छाएपछि बिहीबार राती १०:४० बजेदेखि सडक तुई तर्फि रूपमा खुलाइएको हो।
बुधबार, बिहीबार नारायणगढ र मुग्लिन दुवैतर्फबाट ६ वटा मेसिन प्रयोग गरी पहिरो हटाउने कामलाई तीव्रता दिइएको थियो। यहाँ मंगलरबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध सडक झण्डै ५८ घण्टापछि खुलेको हो। यहाँ पटक पटक पहिरो जाने गरेको छ।
शुक्रबार साँझ साढे ६ बजे गएको पहिरो झण्डै ४६ घण्टापछि हटाएपछि सडक सञ्चालनमा आएको थियो। पुनः मंगलबार पनि दिउँसो एक बजेदेखि निरन्तर पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। ठुलो पहिरो भने साँझ ४ः५५ बजे ठुलो पहिरो गएको थियो।
यहाँ सडकको १६० मिटर लम्बाई र २५ मिटर उचाईमा माटो जम्मा भएको थियो। राजमार्ग तीन दिनसम्म बन्द हुँदा सयौं सवारीसाधन र हजारौं यात्रु बाटोमै अलपत्र परेका थिए।
रोकिएर बसेका गाडीहरूको लामो लाइनमा बसेका गाडीहरु गुड्न थालेका छन्। काठमाडौं र पोखराबाट चितवनतर्फ र चितवनबाट काठमाडौं-पोखरातर्फ हिँडेका यात्रुहरूले घण्टौं जाममा फस्नुपरेको थियो।
पहिरोको जोखिम र सवारीको चापका कारण यात्रा सहज हुन अझै केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित: ९ आश्विन २०८२ २२:५९ बिहीबार





