२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

नवजात छोरीलाई नगरपालिकाको उपहार : १० हजारको मुद्दती खाता, २० वर्षसम्म निकाल्न नपाइने

बागलुङ नगरपालिकाले नगरमा जन्मिने छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता उपहारस्वरूप खोलिदिने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत यसअघि ५ हजार रुपैयाँ प्रदान गरिँदै आएकामा आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बर बनाइएको हो। हालै सम्पन्न नगरसभाबाट यो निर्णय पारित भएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। श्रेष्ठले पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैंक खाता खोलिने जानकारी दिए।

यो कार्यक्रमअन्तर्गत हालसम्म ३ सय जना छोरीका नाममा ५ हजार रुपैयाँका दरले १५ लाख रुपैयाँ जम्मा गरिसकिएको छ। यस्तो खातामा जम्मा गरिएको रकम सम्बन्धित छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइने छैन।

प्रकाशित: २८ असार २०८३ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App