२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

विपद् न्यूनीकरणमा पालिकाहरु सहकार्य गरेर अघि बढ्ने

विपद् झल्कने फाइल तस्बिर

स्थानीय तह आबद्ध रहेको संस्था सिटिनेट नेपाल नेसनल च्याप्टरको आजको बैठकले सहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र सहरबीच सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।  

वीरगञ्ज महानगरको आयोजनामा भएको बैठकले विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।  

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बैठकले विपद्सम्बन्धी कोष स्थापना, नगरपालिका समूह दर्ता, फोकल पर्सन तोक्ने, हरेक ६ महिनामा नियमित बैठक गर्ने तथा सचिवालय दर्ता गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका प्राडा आमोदमणि दीक्षित र डा गणेशकुमार जिमीले जोखिम न्यूनीकरण केन्द्रको आवश्यकता र कार्ययोजनाका विषयमा प्रस्तुति दिएका थिए ।

प्राडा दीक्षितले प्राकृतिक प्रकोप, लैङ्गिक विभेद, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका विषयमा स्थानीय तहको जिम्मेवारी र सार्वजनिक सचेतनाको महत्वको विषयमा जोड दिए ।

कार्यक्रमको उद्घाटन सिटिनेट नेपाल अध्यक्ष तथा विराटनगर प्रमुख नागेश कोइराला र वीरगञ्ज प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गरेका थिए ।  

सिटिनेटमा एसिया–प्रशान्तका १०३ सदस्य रहेका छन् । नेपालमा १६ पालिका सदस्य छन्, जसमा वीरगञ्ज, ललितपुर, भरतपुर, पोखरा, तानसेन, विराटनगर, जितपुर–सिमरा लगायतका पालिका समावेश छन् ।

 

प्रकाशित: १८ मंसिर २०८२ २०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App