३० कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

मुगु दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

मुगुको रारा ताल जाने क्रममा गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। 

आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरले ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगेको मुगुका डिएसपी रविराज थपलियाले बताए। उनले घाइतेको थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल रेफर गरिएको बताए।

जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टर उद्धार गरिएको हो। प्रहरीका अनुसार उनीहरू मध्ये एकको अवस्था गम्भीर छ।

उक्त दुर्घटनामा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो। उनीहरू रारा ताल घुम्न निस्केका थिए।

प्रकाशित: ३० कार्तिक २०८३ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App