३० कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताए।

आज बिहान सभामुख अर्याल छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण तथा छठी माताको पूजा–आराधनामा सहभागी पनि भएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App