१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र ६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकि राखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।  

प्रकाशित: १५ भाद्र २०८२ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App