चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका-३ स्थित पूर्वपश्चिम सडकखण्डमा खैरहनीबाट तरकारी लिएर टाडीतर्फ आउँदै गरेको २-०२-००१ च०५१० नम्बरकाे बोलेरोले गए राति साढे १२ बजे विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र.०६-००१प३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा कालिका नगरपालिका २ स्थित ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्। बोलेरोले जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका कँडेललाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले सवा १ बजे मृत घोषणा गरेका थिए। अहिले बोलेर चालक र दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ९ श्रावण २०८२ ०७:०३ शुक्रबार





