२५ असार २०८३ बिहीबार
image/svg+xml
समाज

मध्यराति घरभित्र छिर्यो 'ध्रुवे', आक्रमणमा आमाछोराको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा आमा र चार वर्षीय छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब ११ बजे जंगली हात्ती पूर्ण बोटेको घरमा प्रवेश गरी सुतिरहेका उनकी श्रीमती २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकृत चन्द्रभुणन यादवले जनकारी दिए।

घटनाका क्रममा हात्तीलाई धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको उनले बताए। सो आगो इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाबारे चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: २१ असार २०८३ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App