१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

अधिकांश पेट्रोलपम्प बन्द, भद्रकालीमा लाइन {तस्बिर}

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौं उपत्यकालगायत अधिकांश स्थानका पेट्रोल पम्पहरू बन्द गरिएको छ।  

पेट्रोल नभएको भन्दै निजी पम्पहरूले बिक्री वितरण बन्द गरेपछि नेपाल आर्मीले सञ्चालन गरेको भद्रकालीस्थित पेट्रोलपम्पमा सवारीको लाइन लागेको छ ।  

आयल निगमले बुधबारबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ।

बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकहरूले पम्प बन्द गरिएको बुझिएको छ। निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको थियो।

प्रकाशित: १७ असार २०८३ १७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App