३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

२४ घण्टामा उपत्यकामा दुई हजारभन्दा बढी चालक कारबाहीमा

फाइल तस्बिर

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीले कारबाहीमा परेकाहरूमध्ये मादक पदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना रहेको जानकारी दिए ।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पेटीमा पार्किङ गर्ने ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना छन् । उक्त कारबाहीबाट १० लाख ६२ हजार राजस्व असुली भएको उनले बताए ।

प्रकाशित: २२ असार २०८३ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App