१३ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

डुबेर बेपत्ता राई मृत भेटिए

सांकेतिक तस्बिर

नदीमा डुबेर बेपत्ता उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिका ५ जाँते चौलानेका रामेश्वर राई मृत फेला परेका छन् । उदयपुर र खोटाङबीच सुन नदीमा बिहीबार साँझ डुबेर हराएका ५१ वर्षीय राई झण्डै ५ किलोमिटर तल भदौरेस्थित नदी किनारमा मृत फेला परेका हुन् ।  

गाउँपालिका कार्यबाहक अध्यक्ष पुष्पलाल राईका अनुसार बिहीबार गाउँकै साथीहरुसँग माछा मार्न गएका उनी लिमचुङबुङ ४ बलम्ता लाकुस्थित नदीमा माछा मार्ने क्रममा घागी (भुमरी)मा डुबेर बेपत्ता भएका थिए ।  

शुक्रबार प्रहरीलाई खबर गरेर स्थानीयहरुसमेतले खोजि गर्दा पनि नभेटिएका राई शनिबार राति मात्र घट्नास्थलदेखि ५ किलोमिट तल रौतामाई गाउँपालिका ५ बिमिरेस्थित नदी किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहा र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको प्रहरी निरीक्षक कमाण्डको संयुक्त टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरि मृतकको शव पोष्टमार्टमका लागि आईतबार सदरमुकाम गाईघाट ल्याइएको थियो ।  

४ छोरा र १ छोरीका पिता राईको शव जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टम गरि सदगदका लागि आईतबार दिउँसो उनकै छोरा जापान राईको जिम्मा दिएर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी चिरञ्जिवी थापाले बताए ।

प्रकाशित: १३ वैशाख २०८३ २१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App