२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

मन्त्री श्रेष्ठ भन्छन्: पूर्वानुमान सेवा स्तरोन्नतिमा जोड दिइनेछ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणसम्बन्धी सेवाको स्तरोन्नति गरिने बताएका छन्।

बुधबार जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमनका क्रममा उनले विभागको वर्तमान अवस्था र कार्यप्रणालीबारे जानकारी लिएका थिए। सो अवसरमा मन्त्री श्रेष्ठले पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी, विश्वसनीय र प्रविधिमैत्री बनाउन आवश्यक पहल गरिने उल्लेख गरे।

अनुगमनका क्रममा विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागले हालसम्म गरेका काम तथा उपलब्धिबारे जानकारी गराएकी थिइन्। उनले पछिल्लो समय विभागबाट जारी पूर्वानुमान प्रभावकारी बन्दै गएको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।

 

प्रकाशित: २३ वैशाख २०८३ २१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App