१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

सुरुङ उद्धारको प्रगतिबारे दुई मन्त्रीले लिए सेनाबाट ब्रिफिङ

भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छलफल थालेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाली सेनाबाट उद्धारको पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका छन्।

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा भएको छलफलमा सेनाका उच्च अधिकारीहरूले खोज तथा उद्धारको प्रगति विवरण पेस गरेका थिए। सो क्रममा मन्त्रीद्वयले बाढीको चपेटामा परेका प्रत्येक जलविद्युत् आयोजना र सुरुङमार्गभित्र चलिरहेको उद्धार कार्यको अपडेट लिएका छन्।

उद्धार अभियानको वस्तुस्थिति बुझेसँगै मन्त्रीद्वय श्रेष्ठ र लम्सालले क्षतिको व्यवस्थापन र आगामी रणनीतिका विषयमा समेत छलफल गरेका छन्। मन्त्रालयमा भएको उक्त ब्रिफिङ तथा छलफलमा प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको पनि सहभागिता रहेको थियो।

प्रकाशित: १८ भाद्र २०८३ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App