२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

कालीकोटमा महिनावारी स्वच्छतासम्बन्धी मेला

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा नगरपालिकास्तरीय मेला आयोजना गरिएको छ। उक्त अवसरमा रास्कोट नगरपालिकाका दशवटा विद्यालयलाई सहभागी गराई पालिकास्तरीय मेला आयोजना गरिएको हो।

महिनावारीका विषयमा कुरा गर्दा पछ्यौरीले मुख छोप्ने रास्कोट नगरपालिका किशोरकिशोरी अचेल महिनावारी स्वास्थ्य स्वस्छताका बारेमा खुलेर छलफल गर्न थालेको कालासिल्ला माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत किशोरी रश्मी बमले बताइन्। 

महिनावारी भएर छाउ गोठमा बस्ने हरेक महिला तथा किशोरी कहिल्यै सुरक्षित हुन नसकेको उनको भनाइ छ। महिनावारी स्वास्थ्य, स्वच्छतासम्बन्धी भ्रम र अन्धविश्वास चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सिर्जना गर्न विद्यालयमा कार्यक्रम हुने गरेको उनले सुनाइन्। 

महिनावारीका समयमा विद्यालय अनुपस्थित हुने दरमा अपेक्षाकृत कमी आउन थालेको विषयलाई आत्मसात गर्दै प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको सहजीकरण र रास्कोट नगरपालिकाको समन्वयमा रास्कोट महिनावारी स्वास्थ्य, स्वच्छता र खानेपानी, सरसफाइ तथा स्वच्छता  सुधार परियोजनाअन्तर्गत रास्कोट नगरपालिकामा विभिन्न काम भइरहेको छ।

महिनावारीका समयमा हुने छुवाछुतमा उल्लेख्य कमी आएको रास्कोट नगरपालिकाका उपप्रमुख मनीराज बरालले बताए। महिनावारी भएका बेला सार्वजनिक स्थल र कार्यक्रममा हुने सहभागितामा वृद्धि भएको उनको भनाइ छ। महिनावारी म्बन्धी भ्रम तोड्न यस्ता कार्यक्रम जरुरी रहेको हुरेन्डेक नेपालका उपाध्यक्ष खडानन्द अधिकारीले बताए।

प्रकाशित: २३ मंसिर २०८२ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App