१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

एमबीएसको प्रश्नपत्र आउट प्रकरण : थप दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको हो।

यसअघि प्रहरीले  ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरेको थियो। योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ।

परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ह्वाट्सएप समूहमा प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

प्रहरीले प्रश्नपत्र कसरी बाहिरियो, कसले समूहमा उपलब्ध गरायो र समूहका अन्य सदस्यहरूको संलग्नता कस्तो छ भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: १२ श्रावण २०८३ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App