९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

स्विट्जरल्याण्डको बारमा भीषण आगलागी : नेपालद्वारा दु:ख व्यक्त

नेपालले स्विट्जरल्याण्डको क्रान्स-मोन्टानामा नयाँ वर्षको पूर्वसन्ध्यामा बारमा भएको भीषण आगलागीप्रति दु:ख व्यक्त गरेको छ। करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको त्यो घटनालाई लिएर परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर समवेदना प्रकट गरेको हो।

मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, ‘यस कठिन घडीमा, सरकार र नेपालका जनताले शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं। घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस कठिन घडीमा सरकार र नेपालका जनता स्विट्जरल्याण्ड सरकार र जनतासँग ऐक्यबद्धतासाथ उभिएका छन्।’

अधिकारीहरूले धेरै घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। मृतक धेरैजसो युवा र अन्तर्राष्ट्रिय पर्यटक थिए। 

स्थानीय सञ्चारमाध्यमका अनुसार स्विट्जरल्याण्डले  क्रान्स-मोन्टानामा रहेको ले कन्स्टेलेसन बारमा आगलागीका पीडितहरूको सम्झनामा बिहीबारदेखि पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। एजेन्सीको सहयोगमा 

प्रकाशित: १८ पुस २०८२ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App