३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

मनोहरा खोलामा बाढी उर्लिंदा किनारका टहरा जलमग्न

सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पारेको छ।

खोलामा पानीको सतह ह्वात्तै बढेर नदी किनारका अस्थायी टहरा तथा घरहरूमा भेल पसेपछि स्थानीय प्रशासन र प्रहरीले जोखिममा परेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

बाढीको बहाव बस्तीतर्फ सोझिएलगत्तै प्रभावित क्षेत्रमा ठूलो संख्यामा प्रहरी टोली परिचालन गरिएको छ।

प्रकाशित: २९ भाद्र २०८३ २२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App