धादिङमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा थाक्रे गाउँपालिका-७ आठकिला बस्ने ४४ वर्षीय राजु बासकोटा रहेका छन्। उनलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
बासकोटाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ आश्विन २०८३ १९:३२ आइतबार


-600x400.jpg)


