२६ माघ २०८२ सोमबार
image/svg+xml
समाज

खेतमा घाइते भेटिएको चितुवाको उद्धार

फाइल तस्बिर

बर्दियाको राजापुर नगरपालिका–१० कर्मोनीबाट घाइते भाले चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।  

आइतबार बिहान खेतमा देखिएको घाइते चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले डार्ट गरी नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए।

उनका अनुसार दुई वटा चितुवा आपसमा जुध्दा चितुवा घाइते भएको हुन सक्ने अनुमान गरिएको छ। हाल चितुवालाई डिभिजन वन कार्यालयमा राखी उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य भएपछि प्राकृतिक बासस्थानमा छाडिने योजना रहेको केसीले बताए।

यसअघि शनिबार राजापुर नगरपालिका–१० कर्मोनीका ५२ वर्षीय हेमराज बुढाथोकी घर नजिकैको गोठमा गाई–गोरु बाँधेर फर्किने क्रममा चितुवाले आक्रमण गर्दा उनी घाइते भएका थिए।

प्रकाशित: १३ पुस २०८२ २०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App