२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

तुइन खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा फेरि पहिरो खसेपछि सडक दुवै तर्फबाट अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा मंगलबार साँझ ७ः३० बजेतिर माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, पहिरो हटाउन आवश्यक मेसिन र प्राविधिकहरू स्थलतर्फ पठाइएको छ।

सडक अवरुद्ध भएपछि दसैँका लागि घरतर्फ हिँडेका यात्रु बाटोमै रोकिएका छन्। पहिरो पन्छाउन केही समय लाग्ने भएकाले लेन अनुशासन पालना गरी धैर्य गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ।

यस स्थानमा पटक–पटक पहिरो खस्ने भएकाले यात्रुले निरन्तर सास्ती भोग्दै आएका छन्।

प्रकाशित: १४ आश्विन २०८२ २०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App