११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, हटाउन दुई घण्टा लाग्ने अनुमान

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुलमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान ७ः५५ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।

पहिरो हटाउन आवश्यक उपकरण परिचालन गरिएको र सडक खुलाउन करिब दुई घण्टा समय लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

पहिरो हटाउने काम सम्पन्न नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८३ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App