१५ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध

फाइल तस्बिर।

इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए।

अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले जनाए।

घटनामा मानवीय क्षति भने नभएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८२ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App