कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको गगने खोलामा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको छ ।
मंगलबार साँझ वर्षाले फेरी गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए ।
अहिले अत्यधिक वर्षा भएकोले गगने खोलामा पहिरो खसेको छ । उनले भने, गाडी चल्न सक्ने अवस्था छैन ।
पहिरो बगिरहेकोले काम गर्न पनि कठिन छ । उनले भने, दिनमा चार दिनदेखि रोकिएका सबै गाडीहरु पठाउने काम भयो । अहिले फेरी पहिरो खसेको छ ।
प्रकाशित: १७ भाद्र २०८२ २०:३५ मंगलबार





