४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

पहिरोले कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डको गगने खोलामा सडक पुन: अवरुद्ध भएको छ। शुक्रबारको वर्षाले रातिदेखि गगने खोलामा ठूला ढुङ्गासहितको लेदोले पहिरो बगेपछि सडक अवरुद्ध भएको हो।

गगने खोलामा पहिरो गएर शुक्रबार बेलुकीदेखि सडक अवरुद्ध भएको हुँदा सबै सवारी रोकिएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए। 'अहिले खुलाउन सकिने अवस्था छैन,' उनले भने, 'बिहानैदेखि पहिरोले सबै गाडीहरू राेकिएका छन्।

कर्णाली राजमार्गको गगने खोलामा प्रत्येक वर्ष पहिरो जाने गर्छ। दुई वर्षअघि यही ठाउँको पहिरो रोक्न सडक डिभिजन कार्यालय जुम्लाले ३ करोड रुपैयाँको ठेक्कामार्फत ग्याविन जाली लगाए पनि गत वर्ष पूरै बगाएको छ।

प्रकाशित: १५ भाद्र २०८२ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App