९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ। 

आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी पमाणपत्र प्रदान गरिएको हो। आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन् । एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन गरेका छन्।

भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भइरहेको छ। हालसम्म १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने आगामी असोजसम्ममा ४०० जनाको प्रमाणपत्र तयार गर्ने लक्ष्य रहेको अध्यक्ष मोक्तानले बताएका छन्। स्थानीय तहसँगको समन्वयमा आयोगले काम गरिरहेको छ। रासस

प्रकाशित: १३ भाद्र २०८२ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App