१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

अतिक्रमित जग्गा खाली गर्न कोशी अस्पतालको १५ दिने अल्टिमेटम

विराटनगरको कोशी अस्पतालले अतिक्रमित जग्गा खाली गर्न १५ दिने अल्टिमेटम दिएको छ । अस्पतालले शुक्रबार सूचना प्रकाशित गरी अतिक्रमित जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन पछि गत जेठ २८ गते अस्पतालले अतिक्रमित जग्गाको नापजाँच गरी बिबरण मन्त्रालयलाई पठाएको थियो । जग्गा खोजीकाक्रममा अस्पतालको जग्गा विभिन्न संघ संस्था तथा मन्दिरले वर्षौंदेखि भोगचलन गरिरहेको पाइएको थियो  ।

नापजाँचका क्रममा गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रसको ब्लडबैंक र देवकोटा पुस्तकालयले   कोशी अस्पतालको जग्गा भोगचलन गरिरहेको पाइएको थियो । अस्पतालको नाममा ५ विघा ८ कठ्ठा ९ धुर जग्गा रहेको छ । जसमध्ये ती संस्था तथा मन्दिरले १३ कठ्ठा जग्गा भोगचलन गरेको अस्पतालले जनाएको छ । 

प्रकाशित: ५ असार २०८३ २०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App