५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कीर्तिपुरका सुकुम्बासी परिवारलाई खरिपाटी लगियो

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुम्बासी परिवारलाई खरिपाटीस्थित होल्डिङ सेन्टर लगिएको छ।

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढि पसेपछि सरकारले ३१ परिवार सुकुम्बासीलाई खरिपाटी स्थानान्तरण गरिएको हो।

यसअघि जिल्ला प्रशासन काठमाडौंले असार ९ गते सूचना जारी गर्दै १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। सूचनामा प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराएर आफैँ बसोबासको व्यवस्था गर्न भनिएको थियो।

सरकारले काठमाडौका विभिन्न खोला किनारामा बस्दै आएका सुकुम्बासीहरुलाई डोजर लगाएर हटाएको थियो। सरकारले बस्ती हटाउँदै गर्दा १५ दिनका लागि अस्थायी रुपमा आश्रयमा राख्ने र ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिएको थियो।

प्रकाशित: २८ असार २०८३ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App