११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

अपहरित बालिकाको सकुशल उद्धार

मंगलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज सकुशल उद्धार गरेको छ। खड्क नगरपालिका–८ बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

अपहरण गरी फिरौती माग्ने खड्क–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निजलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताए।

मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबा इमरान खानलाई फोन गरी रु एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर रुपनी–१ स्थित खाँडो खोलामा बोलाएका थिए।

यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए। रासस

प्रकाशित: ८ फाल्गुन २०८२ २०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App