काठमाडौं-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो हटाएपछि यो सडक खण्ड दुईतर्फी सुचारु भएको हो।
चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।
अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा पहिरो खस्दा बिहीबार बिहान सवा २ बजेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
यो पनि पढ्नुहोस्
थाक्रेको ८ किलोमा पहिरो खस्यो, काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्धप्रकाशित: २९ श्रावण २०८३ ०८:३२ शुक्रबार



-600x400.jpg)

