१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

टेम्पोको व्यवस्थापन गर्न कपिलवस्तुका यातायात व्यवसायीको माग

रुट परमिट नलिइ जबरजस्ती तीन पाङग्रे टेम्पो र इभीमा यात्रुहरु ओसापसार गरिँदा पेशागत यातायात व्यवसायीको आयआर्जनमा असर परेको भन्दै व्यवस्थापन गर्न कपिलवस्तुका ६ यातायात प्रालिले जिल्ला प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।  

कपिलवस्तु, पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेललाई ज्ञापन पत्र बुझाएका हुन ।  

No description available.

तौलिहवा, मर्यादपुर, जितपुर, भैरहवा, बहादुरगंज सडकमा जबरजस्ती टेम्पो चलाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उनीहरुले सो रुटमा नेपाल सरकारले तोके अनुसार व्यवस्थापन गराईदिन माग गरेका छन् ।  

ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङ र मेयर पौडेलले यो विषयमा आफुहरुले नियमानुसार व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरे । यो समयको चाँडै हल खोज्ने मेयर पौडेलले बताए । ज्ञापन पत्रमा कपिलवस्तु यातायात प्रालिका अध्यक्ष माहोम्द रफिक रंगरेज, पश्चिम नेपालका अकबर अली रंगरेज, बुटवलका सलिम रंगरेज, सिद्धार्थका शंकर कार्की र कृष्णनगरका हसरत खाले हस्ताक्षर गरेका छन् ।

No description available.

प्रकाशित: १२ कार्तिक २०८२ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App