१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

फाइल।

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहीबार बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन्। बुधबार अपराह्नदेखिको वर्षा रोकिएको छैन।

प्रकाशित: १२ भाद्र २०८२ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App